थाहा मा ५ वडाको मतगणना सकियो, ४ वटामा माओबादी १ वटामा एमाले बिजयी

प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार अगाडि
राजकुमार केसी
१ जेष्ठ २०७९, आईतवार २२:११

जेठ, हेटौडा (थाहा नगर) – गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत थाहा नगरपालिकाको ५ वटा वडाको मतगणना सम्पन्न भएको छ ।

५ वटा मध्ये वडा नम्बर १, २, ३ र ४ मा माओबादी केन्द्र तर्फका उम्मेदवारहरु बिजयी भएका छन् भने वडा नम्बर ५ मा एमालेका उम्मेदवारहरु बिजयी भएका छन् ।

बिजयी हुनेमा वडा नम्बर १ मा हेरमान गोपाली, २ मा बमबहादुर सिन्तान, ३ मा हिरेन्द्र कुमार रायमाझी, ४ मा नारायण लामा र ५ मा बिष्णु बहादुर गुरुङ रहेका छन् । ५ वटा वडाको मतगणना सकिँदा नगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।

गठबन्धनबाट माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार बिष्णु बहादुर बिष्टले ४ हजार ३ सय ८८ मतका साथ अगाडि छन् भने एमालेका अच्युतम प्रसाद ढकालले ३ हजार २ सय ५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका उम्मेदवार भरत गोपालीले ३ हजार ८ सय २८ मतका साथ अगाडि छन् भने एमालेका कल्पना बलामी ले ३ हजार २ सय ५ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालयले बताएको छ ।

१२ वटा वडा रहेको थाहा नगरपालिकाको ऐले वडा नम्बर ६ को मत गणना भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*