त्याग, निष्ठा र इमानलाई पहिचान बनाएका ‘आदर्श’ थाहा नगरपालिकाकोे नेत्तृत्व सम्हाल्न चुनावी मैदानमा

राजकुमार के.सी.
२७ बैशाख २०७९, मंगलवार १०:०३

बैशाख, हेटौडा (थाहा नगर) – मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिका वडा ३, घर्तिखोलामा २०३३ साल माघ १८ गते पिता स्व शिव बहादुर विष्ट र माता कान्छी विष्टका कान्छो छोराको रुपमा जन्मेका विष्णु बहादुर विष्ट ‘आदर्श’ यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनमा थाहा नगरपालिकाको नगर प्रमुख (मेयर) पदका उम्मेद्वार हुन् ।

सत्ता गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रको तर्फबाट ‘आदर्श’ मेयर पदका उम्मेद्वार बन्नुभएको हो । माध्यमिक तहसम्मको अध्ययन गर्दै गर्दा ‘आदर्श’ तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा २०५३ सालमा सहभागी हुनुभएको हो ।

पार्टीको भूमिगत कालमा ब्युरो कमिटिको सदस्यसम्म भएका ‘आदर्श’ हाल पार्टीको बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा थाहा नगर ईन्चार्जको भूमिकामा हुनुहुन्छ । ‘आदर्श’को आमा, श्रीमति र दुई छोरा छन् ।

राजनीतिमा सबैभन्दा ठूलो मूल्य निष्ठाको हुन्छ । त्यसमा अडिग रहन सजिलो छैन । त्याग र कठिन बाटोमा हिँड्न नसकेको कारण कैयौं ठूलाठूला सम्भावना बोकेका सपनाहरु पनि बीचमै टुटेको अनेकौं उदाहरणहरु छन् । तर राजनीतिक यात्राको सुरुवातदेखि हालसम्म निरन्तर अविचलित रुपमा लागिरहनु पर्छ भन्ने मान्यता बोक्दै अघि बढिरहेका पात्र ‘आदर्श’ अहिले थाहा नगरपालिकाको मेयरको उम्मेद्वार बने पछि उनकोे अदर्शताको प्रशंसा चुलिएको छ ।

सामान्य जीवनशैली, ईमान्दार ब्यक्तित्व र सामान्य व्यवहार ‘आदर्श’को मुख्य पहिचान हो । पटक पटकका निर्वाचनमा ‘आदर्श’को उम्मेद्वारीको चर्चा यस अघिपनि नचलेका होईन ।

उम्मेद्वारको चर्चा हुँदै गर्दा उनको समाज, पार्टी र राजनितिलाई हेर्ने दृष्टिकोण, त्याग गर्ने स्वभाव, सरल सहयोगी चरित्रका कारण थाहा नगर बासीका लागि उनलाई मतदान गर्ने अवसर पाईन्छ कि पाईदैन भनेर चिन्ता र प्रतिक्षाको विषय बनेको पनि थियो । संघियता पछिको दोस्रो स्थानीय तहको निर्वाचनमा थाहा नगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सत्ता गठबन्धनको तर्फबाट ‘आदर्श’ उम्मेद्वार बन्दै गर्दा थाहा नगरबासीमा उत्साह छाएको देखिन्छ ।

सामान्य पारिवारिक अवस्था, सरल जीवनशैली अपनाउने ‘आदर्श’ मकवानपुरकै त्यागी राजनैतिक व्यक्तित्वका रुपमा परिचित छन् । माध्यमिक तहको अध्ययन गर्दै गर्दा पूर्णकालीन रुपले तत्कालिक नेकपा माओवादी पार्टीमा होमिएपछि उनले तल्लो तहबाटै नेतृत्व विकास गर्दै संगठनमा परिणाम ल्याउने गरी आफ्नो क्षमता देखाउने अवसर पाएका थिए ।

शान्त र शालिन तवरले खदिलो विचार प्रस्तुत गर्ने ‘आदर्श’ मान्छेको मनोविज्ञानलाई छिट्टै बुझेर समस्याको समाधान तत्काल दिन सक्ने खुबी राख्छन् । पार्टी र आन्दोलनमा सर्मपण भावले लाग्ने उनले काममा परिणाम दिन सक्ने नेताको रुपमा परिचय बनाएका छन् । सो पिसमा देखिनेभन्दा बढी योजना बनाएर त्यसलाई सफल पार्ने काममा रमाउन खोज्ने ‘आदर्श’ले परिपक्व युवा नेताको रुपमा आफ्नो परिचयलाई बलियो बनाएका छन् ।

पहिलो संविधान सभाको निर्वाचनदेखि हालसम्म आँउदा उनले पार्टी र समाजका निम्ती पटक पटक पद त्यागेको छर्लङ्ग छ । उनको त्याग र ईमान्दारिताले पनि उनी प्रतिको आशा सबैमा जगाएको छ । नेतृत्वको विकासमा लागि नयाँ व्यक्तिहरुलाई अवसर दिनुपर्छ भन्ने ‘आदर्श’ले पदको लागि कहिल्यै मरिहत्ते गर्नुभएन ।

वर्तमान कार्यकालमा माओवादी केन्द्रबाट पालिका प्रमुखमा निर्वाचितहरुले नेतृत्व गरेका पालिकाहरुमा राम्रो काम भएर अब्बल सावित भएको र थाहा नगरपालिका पाँचै वर्ष देशमै उत्कृष्ट नगरपालिका भएको थियो । नगरपालिकालाई उत्कृष्ट बनाउन तत्कालिन मेयर लवशेर विष्टको भूमिका अतुलनीय छ । ‘आदर्श’ देशमै अब्बल स्थानीय तहको रुपामा रहेको थाहा नगरपालिकाको यो गरिमालाई कायम राख्नको लागि आफ्नो उम्मेद्वारी रहेको र नगरको यो गरिमालाई कायम राख्न प्रतिवद्ध रहेको बताउनुहुन्छ ।

देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंगाल्न परिवर्तनको संवाहक बनेको नेकपा माओवादी केन्द्रले गाँउ गाँउमा सिंहदरबार पुर्‍याउने सपना साकार पार्दै स्थानिय सरकार जनता प्रति उत्तरदायि हुनु पर्छ भन्ने मान्यात बोक्दा, जनप्रतिनिधि छनौटमा पनि अब्बल व्यक्तित्व छान्दा वर्तमान कार्यकालमा माओवादी केन्द्रबाट निर्वाचितहरु पालिका प्रमुख बनेका पालिकाहरुमा राम्रो काम भएको र अब्बल सावित भएका छन् । नदिको एउटै भंगालोबाट निस्कने पानीको भेल फरक–फरक हुँदैन भने झै यो पटक पनि थाहा नगरमा जनताका आशाका पात्र ‘आदर्श’ मेयरको उम्मेद्वार भएपछि थाहानगरको आगामी उत्कृष्ट कार्य सम्पादन र परिणामका लागि ‘आदर्श’लाई नै रोज्ने जमात धेरै छन् ।

‘आदर्श’ भन्नुहुन्छ ‘राजनीति गर्नु भनेको कमाउनु होइन । राजनीति भोगी हुनको लागि गरेको पनि होइन । एक ढंगले भन्नुपर्दा राजनीति सेवा गर्नकै लागि हो । राजनीति गर्ने मान्छेले समाजको विकास गर्न तयार हुनुपर्छ । अनि बल्ल समाजमा हामीले सोचे जस्तो सकारात्मक परिवर्तन आँउछ ।’

धैर्यता, शालीनता, सरलता, निष्ठा र इमानलाई पहिचान बनाएका ‘आदर्श’ थाहा नगरपालिकाकोे नेत्तृत्व सम्हाल्न चुनावी मैदानमा होमिदै गर्दा नगरका जनजनले भनेका छन् ‘यो सही र योग्य नेतृत्व चिन्ने र चुन्ने अवसर हो । स्थानीय भूगोल बुझेका, नागरिकको सुखदुखमा सधै संगै रहने उम्मेद्वार रोज्नुपर्छ । सही नेतृत्व चयन नगरे पछुताउनुको विकल्प हुँदैन ।’

स्थानीय निर्वाचन नजिकैदै जाँदा सर्वसाधारण यतिखेर स्थानीय सरकारका प्रतिनिधि छान्न तुलो बोकेर उम्मेद्वारहरु तौलिरहेका छन् र ‘आदर्श’को आदर्शताले नै निर्वाचनमा उनको पल्ला भारी हुने सर्वसाधारणको आंकलन छ । यो शान्त र शालिन तवरले खदिलो विचार प्रस्तुत गर्ने आदर्श मान्छेको मनोविज्ञानलाई छिटै बुझेर समस्याको समाधान तत्काल दिन सक्ने खुवी राख्छन् ।

धैर्यता, शालीनता, सरलता, निष्ठा र इमानलाई पहिचान बनाएका ‘आदर्श’ थाहा नगरपालिकाकोे नेत्तृत्व सम्हाल्न चुनावी मैदानमा होमिदै गर्दा नगरका जनजनले भनेका छन् । ‘यो सही र योग्य नेतृत्व चिन्ने र चुन्ने अवसर हो । स्थानीय भुगोल बुझेका, नागरिकको सुख दुस्खमा सधै संगै रहने उम्मेद्वार रोज्नुपर्छ । सही नेतृत्व चयन नगरे पछुताउनुको विकल्प हुँदैन ।’

नदिको एउटै भंगालोबाट निस्कने पानीको भेल फरक–फरक हुँदैन भने झै यो पटक पनि थाहा नगरमा जनताका आशाका पात्र ‘आदर्श’ मेयरको उम्मेद्वार भएपछि थाहानगरको आगामी उत्कृष्ट कार्य सम्पादन र परिणामका लागि ‘आदर्श’लाई नै रोज्ने जमात धेरै छन् ।

राजनीतिक यात्राको सुरुवातदेखि हालसम्म निरन्तर अविचलित रुपमा लागिरहनु पर्छ भन्ने मान्यता बोक्दै अघि बढिरहेका पात्र ‘आदर्श’ अहिले थाहा नगरपालिकाको मेयरको उम्मेद्वार बने पछि उनकोे अदर्शताको प्रशंसा चुलिएको छ । – थाहापाटी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*