मकवानपुरमा आज देखि चुनावी माइकिङ बन्द, सवारीमा झण्डा राख्न नपाइने

तामसालिङ खबर
२४ बैशाख २०७९, शनिबार ०८:१०

बैशाख, हेटौंडा – मकवानपुरमा आज देखि चुनावी माइकिङ बन्द गरिने भएको छ । चुनावी नारा र गीतसहित गाडि प्रयोग गरि गरिने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारण दिक्क भएको भन्दै आज देखि बन्द गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वदलीय बैठकले माइकिङ बन्द गर्ने निर्णय गरेको हो । सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय भएको छ ।

बैठकले सार्वजनिक सवारीसाधनमा झण्डाको प्रयोग गर्न समेत रोक लगाउने निर्णय गरेको छ । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे छलफल गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*