बागमती गाउँपालिकामा गठबन्धनले जित्दा कुनै भेदभाब हुँदैन – नेता पुलामी

तामसालिङ खबर
२४ बैशाख २०७९, शनिबार ०७:२४

बैशाख, हेटौडा (बागमती) – नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष प्रेम बहादुर पुलामीले गठबन्धनले जितेको पालिकामा सेवाप्रदान गर्दा भेदभाब नगर्ने बताउनुभएको छ । मकवानपुरको बागमती गाउँपालिकामा भएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गठबन्धनका उम्मेदवारले जितेको स्थानमा समानरुपले बजेत बिनियोजन गर्ने र समानसेवा प्रदान गर्न तत्पर रहेको बताउदै भएका कार्यको कुप्रचार नगर्न सुझाउनुभयो । मकवानपुरको पालिकाहरुमा गठबन्धनका उम्मेदवारहरुले जित्ने निश्चित भएको बताउदै उहाँले अब डर,लोभ र भयमा मत प्राप्त नहुने समेत बताउनुभयो ।

एकदिन मिठो खुवाएर मतदाता फकाउन खोज्नेलाई मतदाताले चिन्ने र यस्ता गतिबिधीले मतदाताको अपमान समेत हुने हुँदा बिभिन्न प्रलोभन देखाउन र एकदिने सामग्री बितरण गरेर प्रभाबमा पार्ने कोशिश रोक्नुपर्ने उहाँको तर्क रहेको छ । बागमतीको वडास्तरमा मित्रबत् प्रतिस्पर्धामा रहेको गठबन्धन दलका उम्मेदवारहरुले आफुले नसक्ने स्थानमा अर्को दललाई सधाउने उहाँको भनाई रहेको छ ।

उक्त वडामा नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेस दुबै दलका वडा अध्यक्षका उम्मेवारले आफुले प्राप्त गर्ने सेवा सुबिधा जनतामा लगाउने घोषणा गर्नुभयो साथै बिजेताले उपबिजेतालाई साथमा लिएर अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*