विप्लव नेकपाको असन्तुष्ट पक्षले गठन गर्यो नेकपा (बहुमत) पार्टी

तामसालिङ खबर
२४ बैशाख २०७९, शनिबार ०६:०७

बैशाख, काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई भागमा विभाजित भएको छ । चितवनको पर्सामा तीन दिन चलेको विप्लव समूहभित्रैको इतर पक्षको राष्ट्रिय भेलाले नेकपा (बहुमत) पार्टी गठन गरेसँगै पार्टी दुई भागमा विभाजित भएको हो ।

पार्टी महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले चुनावविरुद्ध उत्रिएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट निष्कासन गरेपछि कारबाही गरेपछि चुलिएको विवाद अन्ततः पार्टी फुटमा पुगेको हो ।

कारबाहीपछि सुदर्शन र बास्तोलाले बुधबार चितवनमा भेला डाकेर विप्लव र प्रकाण्डलाई पार्टीबाटै निष्कासन गरेको छ । साथै, तीन दिनसम्म चलेको भेलाले आगामी फागुनमा महाधिवेशन गर्ने गरि नेता धमेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी पनि गठन गरेको छ ।

यसैगरी भेलाले विप्लवले अघि सारेको ‘एकीकृत जनक्रान्ति’लाई खारेज गरेर ‘बैज्ञानिक समाजवादी क्रान्ति’ लाई अंगीकार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*