माओवादी केन्द्र मनहरी ७ का उम्मेदवारलाई जसपाको समर्थन

तामसालिङ खबर
२३ बैशाख २०७९, शुक्रबार १४:०८

बैशाख, हेटौडा (मनहरी) – यहि बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र मनहरी – ७ का उम्मेदवारलाई जनता समाजबादीले समर्थन गर्ने भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ७ मा जसपाले वडा अध्यक्षका लागी उम्मेदवार दर्ता नगरेपछि माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रेस बिज्ञप्ति उल्लेख छ।

नेकपा माओवादी केन्द्रको तर्फबाट मनहरी-७ का लागी वडा अध्यक्षमा उम्मेदवार दिएका खुसिलाल मुक्तानको प्यानललाई समर्थन गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाँच दलिय गठबन्धनको मर्म अनुसार मनहरी – ७ मा विकास प्रति लगनशीलता, क्षमतावान, निष्पक्ष, सरल ब्यक्तित्व भएको उम्मेदवारलाई समर्थन गरिने जनता समाजवादी मकवानपुरका जिल्ला सदस्य बिकेन्द्र लामा गोलेद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

जसपाको केन्द्रिय निर्णय अनुसार पार्टी प्रती आस्थावान मतदाता र शुभचिन्तकलाई मतदान आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*