जनताको मन मस्तिष्कमा कलम चिन्ह बसेको छ – उपाध्यक्षको उम्मेदवार विष्ट

तामसालिङ खबर
२३ बैशाख २०७९, शुक्रबार ११:०५

बैशाख, हेटौडा (मनहरी) – नेकपा एकिकृत समाजवादीबाट मनहरी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार मनिला विष्टले आफ्नो पार्टि जनताको मन मस्तीष्कमा बस्न सफल भएको दावी गर्नुभएको छ ।

बिहिबार मनहरी गाउँपालिका वडा नम्बर ५ मा भएको घरदैलो कार्यक्रममा उहाँले सो कुरा दावी गर्नुभएको हो । नेकपा एमाले सँग विद्रोह गरेर नयाँ पार्टिको रुपमा स्थापना भएपनि पुरानै अनुहारका कारण पार्टिले राम्रो छवी स्थापीत गर्न सफल भएको उहाँको भनाई छ ।

हामिले ५ वर्ष जनप्रतिनीधीको रुपमा समाजको सेवा गरीसकेका छौँ । अब नयाँ चुनाव चिन्ह लिएर आएपनि हाम्रो ईमान्दारीता र मिहेनतलाई जनताले राम्रोसँग बुझेका छन् । हामीले निर्वाचन जित्ने कुरामा दुई मत छैन। उहाँले भन्नु भयो।

घरदैलो कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार नारायण श्रेष्ठ, वडाअध्यक्ष पदका उम्मेदवार चन्द्र बहादुर थिङ, सदस्यहरु पानीमिरा राना, श्याम बहादुर स्याङ्तान, फुल कुमारी लोप्चन र चमेली सार्की तथा पार्टिका केन्द्रिय सदस्य राजाराम स्याङ्तान ,मनहरी ईन्चार्ज भुमिनन्द अर्याल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*