थाहानगर प्रमुख विष्टद्वारा राजिनामा

तामसालिङ खबर
२३ बैशाख २०७९, शुक्रबार ०६:४८

बैशाख, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले राजिनामा दिएका छन् । बिहीबार दिउँसो प्रमुख विष्टले उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजिनामा दिएका हुन् ।

“दल छोडी पद,पद छोडी दल”भन्ने रुपचन्द्र विष्टको भनाइलाई मनन गर्दै आफुले राजिनामा दिएको विष्टले बताए । साथै यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न निर्वाचन आचारसंहिता अनुसार नमिल्ने भएकोले राजिनामा दिएको नगरप्रमुख विष्टले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य समेत रहनुभएका विष्ट गठबन्धन अन्तरगत माओवादी केन्द्रका तर्फबाट नगर प्रमुख पदका आधिकारिक उमेद्वार विष्णु विष्ट ‘आदर्श’, कांग्रेसको तर्फबाट उपप्रमुख पदका आधिकारिक उमेद्वार भरत गोपाली लगायतका उमेद्वारहरुलाई विजयी गराउनका लागि प्रचारप्रसार तथा चुनावी सभाको सम्बोधन गर्नुहुनेछ ।

विष्ट नेतृत्वको ५ वर्षे कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेको थियो । यही विकासलाई निरन्तरता दिन र बाँकी रहेका कार्यहरुलाई सम्पन्न गर्न माओवादी केन्द्र लगायत गठबन्धनका उमेद्वारहरुलाई विजयी गराउन विष्टले अनुरोध समेत गरे।

विष्टले आफ्नो कार्यकालमा थाहा नगरलाई देशकै उत्कृष्ट स्थानीय तहको रुपमा परिचित गराउनुभएको थियो । सोही कार्यकालमा थाहा नगर वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट र बेरुजु फछ्र्यौट गर्ने विषयमा पनि देशकै सर्वोत्कृष्ट स्थानीय तह घोषित भएको थियो ।

विष्टले अब आफू निर्धक्क भएर पार्टीको चुनाव प्रचारमा हिड्ने बताउदै गठबन्धन उमेद्वारहरुलाई विजयी गराउन लागिपर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*