भीमफेदीमा गठबन्धनको चुनावी अभियान तीव्र

तामसालिङ खबर
२३ बैशाख २०७९, शुक्रबार ०६:०६

बैशाख, हेटौंडा (भीमफेदी) – भीमफेदी गाउँपालिकामा सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनको लागि भीमफेदीमा गठबन्धनले चुनावी अभियानलाई तीव्रता दिएको हो ।

भीमफेदी गाउँपालिकामा कांग्रेस,माओवादी केन्द्र नेकपा एकिकृत समाजवादी र जसपाले दैनिक रुपमा उम्मेदवारसहित घरदैलोमा पुगिरहेको छ ।

मंगलबार भीमफेदी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बद्री तामाङ,उपाध्यक्षका उम्मेदवार सञ्जिव श्रेष्ठ सहितको टोलीले भीमफेदी गाउँपालिका–९ को चुनिया,अघोर र बाघमारा लगायतको स्थानमा घरदैलो कार्यक्रम गरेको छ ।

घरदैलोमा गठबन्धनप्रति जनताले देखाएको आशा र भरोसाले भीमफेदीमा गठबन्धनको जीत सुनिश्चित देखिएको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताए । उनले भने‘हामी दैनिक रुपमा जनताको घर आगँनमा पुगिरहेका छौ । जनताले हामिलाई गर्नु भएको विश्वास देख्दा हामिले गठबन्धनको जीत सुनिश्चित देखेका छौ ।

जनताको समस्या र चाहना बुझ्न घर–घर पुगिरहेका छौ । ’ घरदैलो कार्यक्रममा भीफमेदी गाउँपालिको माओवादी केन्द्रका अध्यक्ष रञ्जित राना मगर ,कांग्रेस महाधिवेशन प्रतिनिधी गौरीमाया लामा,जसपा अध्यक्ष कुमार मैनाली लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*