माओवादी केन्द्र मनहरी-७ को घर दैलो कार्यक्रम

तामसालिङ खबर
२१ बैशाख २०७९, बुधबार ०६:४०

बैशाख, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका वडा नम्बर ७ को चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रम मंगलबार रमन्रटार बिजौनाको विभिन्न स्थानमा भएको छ ।

वडा कमिटिका उम्मेदवार संगै पार्टीको नेता कार्यकर्ता सहित आइतबार देखि सुरु भएको घर-दैलो अभियान रमनटार ,र बिजौनाको विभिन्न स्थानमा कार्यक्रम संचालन गरिएको जनाएको छ ।

घरदैलो कार्यक्रममा वडा अध्यक्ष उम्मेदवार खुशीलाल मुक्तान, सदस्य उम्मेदवारहरु बिमला गलान , राजन गिरि सहित पार्टी वडा कमिटिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

भ्रष्टाचार मुक्त वडा र शुसाशन युक्त वडा निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको अध्यक्षका उम्मेदवार मुक्तानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*