स्वास्थ्य शिक्षा र रोजगार, जीवनको आधार भन्ने भावलाइ पुर्णता दिन्छु – दोर्जे लामा

तामसालिङ खबर
२० बैशाख २०७९, मंगलवार १६:३२

बैशाख, हेटौडा (मकवानपुर गढी) – यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले स्वास्थ्य शिक्षा र रोजगार जीवनको आधार भन्ने भावलाई पुर्णता दिने बताएका छन् ।

मङ्गलबार वडा नम्बर २ को गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै लामाले शैक्षिक सुधार, स्वास्थ्यमा सेवा वृद्धि, दैनिक जीवनमा आइपर्ने जीवनस्तरका कुरामा आफु सधैं जनतासामु भइरहने बताएका छन् ।

वडा नम्बर २ मा एक घर एक धाराको अवधारणा लागू गरिनुका साथै पशुपालनरकृषि क्षेत्रमा आधुनिकिकरण गरिने बताए । उनले महिला, बालबालिका तथा युवा लक्षित कार्यक्रम ल्याइ महिला उद्यमीका कार्यक्रम गरिने बताए ।

वडा नम्बर २ का वडा सभापति राम प्रसाद पुडासैनीको अध्यक्षता तथा माओवादी केन्द्रका जिल्ला सचिव भीम पाख्रिनको प्रमुख अतिथ्यतामा चुनावी सभा भएको थियो । चुनावी सभा कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार मानकुमारी पाख्रिन ९नेपाली ०ले जनताको भावना अनुरुप र गाउँपालिका बासीहरुको जनअपेक्षामा रहेर काम गर्ने बताइन् ।

उनले लोकतन्त्र र गणतन्त्रलाई टिकाउनुका साथै जारी संविधानको रक्षाको लागि अहिले गठबन्धनले जित्नु आवश्यक रहेको भन्दै सबैलाई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी छिन् । उनले वडागत चुनावी कार्यक्रम गर्दा एक आपसमा मित्रभाव प्रकट गरि कार्यक्रम गर्न आग्रह गरिन् ।

नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार बखान सिं पाख्रिनले वडामा बाकीँ गर्नुपर्ने धेरै काम रहेकाले पुनः वडा अध्यक्षमा मतदान गरी विजयी गराउन आग्रह गरेका छन् । उनले अब निर्वाचित पश्चात् वडामा नागरिकता बनाउँदा राजस्व छुट, जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य विमा गरिनुका साथै, कृषि तथा पशुपालनमा आधुनिकिकरण गरिने र वडाका विकास निमार्णका काम थप विस्तार गरिने बताए ।

कार्यक्रममा गठबन्धन चुनाव प्रचारप्रसार समितिका संयोजक यतिराज सापकोटा, माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार जीत बहादुर लो, साङ्गे छोइलिङ बौद्ध गुम्बाका प्रमुख लामा जीत दोर्जे लामा लगायतले आफ्नो भनाइ राखेका थिए ।

चुनावी सभामा काङ्ग्रेसका महासमिति सदस्य सुवात सिं थिङ्, जिल्ला सदस्य राजकुमार गोले, पालिका सभापति राजविर मुक्तान, माओवादी केन्द्रका पालिका अध्यक्ष राजकुमार खड्का, वरिष्ठ उपाध्यक्ष युवराज सापकोटा लगायत गठबन्धनका विभिन्न भातृ संगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

मकवानपुरगढीमा बुधबार वडा नम्बर ४ मनकामनामा संयुक्त चुनावी सभा गरिने जनाइएको छ । वडागत रुपमा वडाका उम्मेदवारहरु आफ्नो समयानुकुल घरदैलो अभियानमा लागिरहेका छन् । मकवानपुरगढीमा ८ वटा वडा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*