मनहरीको सबै वडामा माओवादी केन्द्र घरदैलो अभियानमा तिब्रता

तामसालिङ खबर
२० बैशाख २०७९, मंगलवार १४:३०

बैशाख, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका कमिटीले आगामी निर्वाचन लक्षित घरदैलो अभियानलाई तिब्रता पारिएको छ ।

प्रत्येक वडाका अध्यक्ष उम्मेदवार तथा अन्य पदाधिकारीहरुले टोल–टोलमा पुगि घर दैलो अभियानलाई तिब्रता पारिएको छ । वडा नम्बर २, ३, ४, ५ , ६, ७ ,८ र ९ को बिभिन्न टोलमा घर दैलो अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

त्यस्तै, गठबन्धनबाट माओवादी केन्द्रको उपाध्यक्षको उम्मेदवार सिता पुलामी मगर घलान (रेखा)ले पनि प्रत्येक वडामा पुगेर घर दैलो अभियानलाई तिब्रता दिइरहेको छ ।

घर दैलो अभियानको अवसरमा जनताको सुझाव , समस्याहरु संकलन गरिहेका छन । त्यसका साथै गठबन्धनको तर्फबाट निर्माण गरिएको संयुक्त घोषणा पत्रबारे जनता माझ प्रस्तुत गर्नुका साथै प्रतिक्रिया पनि लिईरहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*