गठबन्धन हेटौंडा उपमहानगरद्वारा प्रतिवद्धतापत्र सार्वजनिक

तामसालिङ खबर
२० बैशाख २०७९, मंगलवार १८:२०

बैशाख, हेटौडा – यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरले प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ । आज मंगलबार पत्रकार सम्मेलन मार्फत् प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो ।

प्रतिवद्धतापत्रमा उपमहानगरबासीलाई ३ सय युनिटसम्मको बिजुली निःशुल्क प्रदान गर्नेदेखि प्रत्येक वडामा एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने विषय समेटिएको छ । ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने उल्लेख छ ।

एक घर एक रोजगारीलाई प्राथमिकता राख्नुका साथै न्युन मध्यम व्यावसायिक कार्यका लागि सिप विकास, सहुलियत ऋण, बजार व्यवस्थापन गर्ने , नगरभित्र हरेक घरमा मासिक १० हजार लिटर खानेपानी निः शुल्क गर्ने, हेटौंडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने, हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरु प्रतिबद्ध रहेको छ् ।

त्यस्तै प्रत्येक वडामा मिनी रंगशाला निर्माण गर्ने , नगरभित्रका नदी खोलाहरुको व्यवस्थापन गरी अस्थायी स्वीमिङ पुल निर्माण, जलबिहार तथा पार्कहरु निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि अघि सारिएको छ । धार्मिक क्षेत्रहरुको सुधार तथा पर्वद्धन गर्नुका साथै हरेक वडामा फलफूलको बगैचा बनाउने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

नगरमा सुविधासम्म सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन गर्ने कुरामा पनि गठबन्धनका उम्मेदवारहरुले ध्यान दिएक छन् । भोकाहरुको खानाको व्यवस्थापन गर्ने पनि प्रतिवद्धता जनाइएको छ । नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रवद्र्धन र विकासका कार्यक्रम गर्न पनि गठबन्धन प्रतिवद्ध बनेको छ भने नगरस्तरीय नाट्याशाला निर्माण गर्ने योजना पनि अघि सारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*