मनहरी ६ मा ४० जना माओवादी केन्द्रमा प्रवेश

तामसालिङ खबर
२० बैशाख २०७९, मंगलवार ०६:१०

बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर – ६ मा नेकपा एमाले र नेपाली काङ्ग्रेसलाई चुनावको सङ्घारमा झटका लागेको छ । एमाले र काङ्ग्रेसका सकृय कार्यकर्ताहरु पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

शनिबार जितमान स्याङ्तान, कृष्णलाल श्रेष्ठ, रेशम घलान सहित ४० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा माओवादी केन्द्र मनहरी -६ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

माओवादी केन्द्रमा प्रवेश गर्दै नव प्रवेशीहरुले एमाले, काङ्ग्रेसले विधि र बिधान विपरीत काम गरेको, देश र जनताको हित बिपरित काम गरेकाले आफुहरु जनताको पक्षमा काम गर्ने उत्कृष्ट पार्टी नेकपा माओवादी केन्द्रलाई रोजेको प्रतिक्रिया व्यक्त गरे ।

नवप्रवेशीहरुलाई माओवादी केन्द्र बागमती प्रदेशको कमिटीका सदस्य ओम बहादुर ग्लान र रेखा पुलामी मगरले टीका माला लगाएर स्वागत गरेका थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*