संबिधान जोगाउनको लागि गठबन्धन अहिलेको आबश्यकता हो – केन्द्रिय सदस्य मोक्तान

तामसालिङ खबर
१८ बैशाख २०७९, आईतवार १५:०२

बैशाख, हेटौडा (मनहरी) – संबिधान जोगाउनको निम्ति कांग्रेस र माओवादीको गठबन्धन अहिलेको आबश्यकता रहेको केन्द्रिय सदस्य कुमारी मोक्तानले बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँपालिका वडा नम्बर ५ मा सम्पर्क कार्यालय उद्घाटन गर्नु हुँदै माओवादी केन्द्रका केन्द्रिय सदस्य मोक्तानले अहिलेको परिस्थितिमा संबिधान जोगाउनको निम्ति गठबन्धन आबश्यकता रहेकोले कांग्रेस र माओवादीको गठबन्धन भएको हो ।

स्वतन्त्र उम्मेदवारको कारण हिजो सम्म मिलाउन सकेको थिएन, आज दुवै पक्षको मिलाउन सफल भयौ, अब सबै एक ढिक्का भएर गठबन्धनलाई जिताउन आग्रह गर्नु भयो । चुनाव नजिकै आइसकेकाले चुनाव प्रचार प्रसारलाई तिब्रता दिन समेत आग्रह गर्नु भयो ।

माओवादी केन्द्रका केन्दिय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा तथा मनहरी गाउँपालिका पार्टी कमिटिको अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो।

कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य तथा मनहरी गाउपालिका उपाध्यक्षका उम्मेदवार रेखा पुलामी मगर, वाइसिएल मनहरीका इन्चार्ज इश्वर थापा, अध्यक्ष कृष्ण रुम्बा झाक्री, नेपाली कांग्रेस क्षेत्रीय सभापति तथा गठबन्धनबाट अध्यक्ष उम्मेवार रन्जन कालाखेती, मनहरी सभापति प्रकाश बर्तौला, माओवादी केन्द्रका जिल्ला समन्वय समितिका सदस्य केशब सुबेदी लगायत वडा ५ का उम्मेदवारहरु वडा अध्यक्षका दिपेन्द्र अधिकारी, सदस्यहरुमा हिरालाल पाख्रिन, बुद्धिबहादुर स्याङ्तान, सरला थापा र संजिता परियार लगायत उपस्थित रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*