मकवानपुरको राक्सिराङमा कांग्रेसकी वडा सदस्य निर्विरोध

तामसालिङ खबर
१८ बैशाख २०७९, आईतवार ११:०२

बैशाख, हेटौंडा – आसन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको राक्सिराङमा एक जना दलित वडा सदस्य निर्विरोध भएकी छिन्।

स्थानीय तह निर्वाचन अन्तर्गत राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा दलित महिला वडा सदस्य पदमा मनोनयन दर्ता गराएकी सजिना मुक्तान नेपाली निर्बिराेध भएकी राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले बताएका छन् ।

उक्त पदमा अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी जनाइएको छ। यद्यपि निर्वाचित भएको आधिकारिक घोषणा भने बैशाख ३० गतेपछि हुनेछ।

त्यसैगरी राक्सिराङमा २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका १ जना र उपाध्यक्षमा उम्मेदवारी दिएका १ जना सहित वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका १९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कँडेलले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*