जनताको चाहना अनुसार उम्मेदवारी दिएको हु, कुनै हालतमा उम्मेदवारी फिर्ता हुन्न – शेरबहादुर लामा

तामसालिङ खबर
१५ बैशाख २०७९, बिहीबार ०९:४१

बैशाख, हेटौडा (बागमती) – पुर्बी मकवानपुरको बागमती गाउँपालिकाको कांग्रेसका पुराना नेता शेरबहादुर लामा भोलनले यहि बैशाख ३० गते हुने निर्वाचनमा गाउपालिका उपाध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवार दिएको छ ।

गठबन्धनले गर्दा यस पटक पनि कांग्रेस दोस्रो रहनु पर्ने र कार्यकर्ता निरास भएकोले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको नेता लामाले बताए। जनताको चाहना अपेक्षा र सैद्धान्तिक बिचारको आधारमा उम्मेवारी दिएको हो। जस्तोसुकै परिस्थितिमा अडिग रहिरहने र उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने उहाले बताउनु भयो।

मेरो उम्मेवारी गलत हो भने कार्य भोग्न तयार छु, नेताको हैन जनताको कारबाही भोग्न तयार छु । उहाले भन्नुभयो । विभिन्न चारमा पदिय आश्वासनले पिल्सिदै आएको अहिलेको अबस्थामा उम्मेवारी फिर्ता नहुने लामाले बताउनु भयो।

गठबन्धनबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट सर्केश घलान (मधु) र उपाध्यक्षमा नेपाली कांग्रेसको फणीन्द्रकुमार तिमल्सिनाले उम्मेवारी दिएका थिए ।

असन्तुष्टि पक्षबाट कांग्रेस नेता शंकर पराजुलीले अध्यक्ष र शेरबहादुर लामा भोलनले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । दुवैले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*