सरकारी सवारीसाधन र अन्य सुविधा नलिने पाठकको घोषणा

तामसालिङ खबर
१५ बैशाख २०७९, बिहीबार ०८:३६

बैशाख, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्षका उम्मेदवार सन्जिब पाठकले आफू र आफ्नो टिमलाई जनताले जिताएमा सरकारी सवारीसाधन नलिने र अन्य सुबिधाहरु नलिने घोषणा गर्नु भएको छ।

आफु र आफ्नो टीमले पाएका सेवा सुविधा सामाजिक कार्यमा लगानी गर्ने समेत बताउनु भयो । बुधबार सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा पाठकले उक्त कुरालाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, शिक्षा स्वास्थ्य कृषी तथा भुमीहिनको समस्या समेत समाधान गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरीएको छ । प्रतिबद्धता पत्रमा असहाय तथा विपन्न नागरीकको उत्थानका निम्ती नविनतम् कार्य गर्ने समेत जनाइएको छ ।

हेर्नुहोस् प्रतिबद्धता पत्र :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*