जेठ १ गते देखि लागु हुने गरि सातामा २ दिन बिदा गर्ने निर्णय

तामसालिङ खबर
१४ बैशाख २०७९, बुधबार १६:१५

बैशाख, काठमाडौं – सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले हाललाई परीक्षणको रूपमा जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको बताएका हुन् । यो नियम लागू भएपछि कार्यालय समय बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्मका लागि कायम गरिएको छ।

यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ। जेठ १ गतेदेखि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म परीक्षणका रुपमा तोकेको छ।

‘हाललाई परीक्षणका रुपमा जेठ १ गते देखि लागु हुने गरी ९ : ३० देखि ५ : ३० बजे कार्यलय समत तोक्ने र सातामा शनिबार र आइतबार विदा दिने निर्णय भएको छ,’ कार्कीले भने।

यसअघि नेपाल राष्ट्र बैंकले साताको दुई दिन बिदा दिने प्रस्ताव गरेको थियो । इन्धन खपत कम गर्न भन्दै सरकारले दुई दिन बिदाको निर्णय गरेको हो। सरकारले यसअघि आफू मातहतका कार्यालयमा दिइने इन्धन २० प्रतिशतले कटौती गर्ने निर्णय गरिसकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*