नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलद्वारा पार्टी परित्याग

तामसालिङ खबर
१४ बैशाख २०७९, बुधबार १६:५७

बैशाख, हेटौडा – स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणमा असहमति राख्दै नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए ।

उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मनहरी, राक्सिारङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बेवास्ता गरेको भन्दै पार्टी परित्याग गरेको बताए ।

सत्तारुढ दलबीचको गठबन्धन कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने प्रयास भएको जीकिर गर्नुहुँदै उहाँले स्थानीय तहलाई भ्रष्टाचारको अखडा बनाउने प्रयास भइरहेको पनि दावी गर्नुभयो ।

पोखरेलले आफू तत्काल अरु कुनै पार्टीमा प्रवेश नगरी स्वतन्त्र बामपन्र्थी भएर बस्ने बताउनुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका आकांक्षी समेत रहनुभएका पोखरेलले आफूले पद नपाएकोले राजीनामा गरेको नभई पार्टीमा पद्दतिअनुसार काम गर्न नपाएकोले राजीनामा दिने निर्णयमा पुगेको बताउनुभयो ।

पार्टीभित्र हेटौंडा उपमहानगरको मेयरको दाबी समेत गरेका थिए । पोखरेललाई पछाडि पार्दै नेकपा (एस) की नेत्रृ मीना लामा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*