एमालेबाट मनहरीको अध्यक्षमा उप्रेती, उपाध्यक्षमा थिङ, यी हुन् वडाअध्यक्षहरु (नामावली सहित)

तामसालिङ खबर
११ बैशाख २०७९, आईतवार ११:४५

बैशाख, हेटौडा (मनहरी) – नेकपा एमालेले मनहरी गाउँपालिकाको अध्यक्ष पदको टिकट एकराज उप्रेतीलाई दिने भएको छ । उप्रेती बहालवाला अध्यक्ष हुन् । उनी २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै, एमालेले मनहरी गाउँपालिकाको उपाध्यक्षको टिकट सुजिता थिङलाई दिने निर्णय गरेको छ ।

गाउँपालीका अध्यक्षका रुपमा वर्तमान अध्यक्ष एकराज उप्रेती र उपाध्यक्षमा सुजीता थिङलाई प्रदेश कमिटीले निर्णय गरेको छ । यसअघि गाउँपालीकाको ९ वडा मध्ये ६ वडामा सर्वसम्मत् वडा कमिटीले उमेद्धवार टुङ्गो लगाएपनि ३ वडामा भने आकांक्षीहरु बढी देखिएपछि जिल्ला कमिटीलाई निर्णयका लागि सिफारीस गरीएको थियो ।

मनहरी १ मा भिमसेन अधिकारी वडाध्यक्षका उमेद्धवारको रुपमा जिल्ला कमिटीले चयन गरेको छ भने सदस्यहरुमा बिनामाया गोले ,तारा घिमीरे रहेका छन् ।

मनहरी २ को अध्यक्षमा निमा थिङ र सदस्यहरुमा तुल बहादुर रुम्बा,सुर्य बहादुर व्लोन र सानी माया रुम्बाको उमेद्धवारी रहने जनाइएको छ ।
मनहरी ३ को अध्यक्षमा मान बहादुर बल र सदस्यहरुमा उमा नेपाली ,गणेश रेग्मी ,बिर बहादुर राई र पुनम पौडेल रहेका छन् ।

मनहरी ४ को अध्यक्षमा रविन ढकाल र सदस्यहरुमा कुमारी वाइबा ,बाटुली विक, लानम लामा थोकर र बालकृष्ण विष्ट रहेका छन् । मनहरी ५ को अध्यक्षमा किशोर बर्तौला र सदस्यहरुमा मोहन लाल थिङ , गिता कुमारी मुक्तान ,राममाया नेपाली र सुनिता थिङ रहेका छन् ।

मनहरी ६ को अध्यक्षमा गोपी लाल मुक्तान र सदस्यहरुमा बम सिंह घलान ,राममाया प्रजा ,कमल राई र कमला सुनार रहेका छन् । मनहरी ७ को अध्यक्षमा नारायण सिंह घिसीङ र सदस्यहरुमा भिममाया थिङ , मान बहादुर प्रजा ,भिमसेन खड्का र माया विक रहेका छन् ।

मनहरी ८ को अध्यक्षमा पुष्कर सुवेदी र सदस्यहरुमा बुद्धिमान मुक्तान ,विष्णुमाया थिङ ,सर्मिला विक र रामकृष्ण प्रजा रहेका छन् । र मनहरी ९ को अध्यक्षमा लक्ष्मण उप्रेती सदस्यहरुमा परदेव अधिकारी ,गंगा सुनार ,गुप्त बहादुर थापा र देवि कुमारी अधिकारी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*