‘अध्यक्ष कांग्रेसले पाउने वातावरण बनाईयोस’ – कांग्रेस मनहरी गाउँकमिटी

तामसालिङ खबर
११ बैशाख २०७९, आईतवार ०७:३५

बैशाख, हेटौँडा – पाँच दलीय गठवन्धन मध्येको मुख्य घटक नेपाली कांग्रेस मनहरी गाउँ कमिटीलेले पालिका अध्यक्ष कांग्रेसले पाउनेगरि सहमति गर्न अनुरोध गरेको छ ।

शनिबार साँझ विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौलाले २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस दोश्रो दलको हैसियतमा रहेको कारण पनि यो पटक आफुहरुले अध्यक्ष पाउने गरि गठवन्धनमा निर्णय गर्न अनुरोध गरेका हुन् ।

केन्द्रीय कार्यालयको परिपत्र र गठवन्धनको मर्म, भावना अनुसार मनहरीमा कांग्रेसको दाबी स्वत रहेको भन्दै उनले विज्ञप्ति मार्फत अपिल गरेका हुन् ।

बिज्ञप्ति हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*