एमालेका वडा सदस्य सहित ४० जना माओवादी केन्द्रमा प्रवेश

तामसालिङ खबर
११ बैशाख २०७९, आईतवार ०७:२३

बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ८ मा एमालेबाट निर्बाचित वडा सदस्य अम्बिका दमाई सहित ४० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

शनिबार नेकपा माओवादी केन्द्र मनहरी-८ को वडा कार्यालय उदघाटन कार्यक्रम मार्फत एमाले सहित विभिन्न पार्टी परित्याग गरि ४० जना माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

माओवादि केन्द्रमा प्रवेश गर्दै दमाईले दलित र जनजाती र समग्र जनताको विरुद्धमा एमाले लागेको र नातावाद कृपाबादमा मात्र केन्द्रित भई पार्टी भित्र शासन लाद्न खोजेकाले त्यसको विरुद्धमा लडनका लागि माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

पार्टी भित्र जातीय मुद्धा कम कुरा उठेको र दलितलाई सम्मान जनक स्थान नरहेकोले सबै भन्दा राम्रो पार्टी माओवादी महशुस गरेको दमाईले बताईन ।

नव प्रवेशीहरुलाई माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ओम बहादुर ग्लान र प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) ले अबिर माला लगाई पार्टी प्रवेश गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*