कांग्रेस हेटौंडाद्वारा मेयरको निर्णय सच्याउन केन्द्रलाई ध्यानाकर्षण

तामसालिङ खबर
८ बैशाख २०७९, बिहीबार ०८:५८

बैशाख, हेटौंडा – आउँदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा हेटौंडा नगर प्रमुखको टिकट नेकपा एसलाई दिने निर्णय सच्याउन हेटौंडा नगर कार्य समितिले केन्द्रीय नेतृत्व र गठबन्धनलाई ध्यानाकर्षण गरेको छ।

बुधबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै ५ दलीय गठबन्धनमा नेपाली कांग्रेस केन्द्रीय समिति र गठबन्धन नेतृत्व बैठकले गरेको सहमति प्रति असहमति जमाउदै निर्णय सच्याउन ध्यानाकर्षण गरेको हो ।

पत्रकार सम्मेलनमा गठबन्धन दलबीच हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी रहने निर्णय भएकोप्रति कांग्रेस हेटौंडा उपमहानगर समितिले ध्यानाकर्षण भएको जनाएको हो ।

पत्रकार सम्सम्मेलनमा नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति उत्सव इटेनीले हेटौंडानगरको मेयर कांग्रेसले नपाए कांग्रेस हेटौंडा उपमहानगर समितिले मंगलबार हेटौंडा उपमहानगरका १९ वटै वडा सभापतिको उपस्थितिमा बैठक गरेर मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय समेत गरेको बताएका छन् ।

उनले पालिकास्तरमै गठबन्धन दलबीच छलफल चलिरहँदा केन्द्रीय समितिले स्थानीय मर्म र भावनालाई बेवास्ता गर्दै केन्द्रमा सहमति गरेर टिकट कांग्रेसलाई नदिने निर्णय नमान्ने बताए । उनले मतभारलाई मध्यनजर नगरी,कांग्रेसलाई नगर प्रमुखको टिकट नदिए गठबन्धनको निर्णय नमान्ने समेत उदघोष गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै ईटेनीले निर्णय सच्चिनेमा आफु आशावादी रहेको समेत बताएका छन् । सत्तारुढ दलको सहमति अनुसार हेटौंडाको नगर प्रमुख नेकपा एस र उपप्रमुख कांग्रेसलाई दिने लगभग सहमति भइसकेको बुझिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*