माओवादी केन्द्र थाहानगरको मेयरमा ३ जना उम्मेदवारको नाम सिफारिस

तामसालिङ खबर
६ बैशाख २०७९, मंगलवार ०९:३५

बैशाख, हेटौडा (थाहा नगर) – नेकपा माओवादी केन्द्रले मकवानपुर थाहा नगरपालिकाका सबै वडाहरु सहित मेयरको उमेदवारहरुको सिफारिस गरेको छ ।

माओवादी केन्द्र थाहानगर कमिटिको बैठकले निवर्तमान पार्टी अध्यक्ष अरुण रायमाझी, बागमती प्रदेश सदस्य विष्णु विष्ट “आदर्श” र ३ नम्बर वडाअध्यक्ष राजेश केसीको नाम सिफारिस गरेको हो । हालका मेयर लवशेर विष्टले भने पुनः नदोहोरिने भएको छ ।

उपप्रमुखमा भने बैठकमा कुनै छलफल भएको छैन, सत्ता साझेदार दलहरुबीचको गठबन्धनको टुङ्गो नलागे सम्म उपप्रमुखमा कुनै छलफल नभएको पार्टीको नगर अध्यक्ष बिनोदकुमार लामाले बताउनु भयो ।

त्यस्तै, वडा नम्बर १ मा हेरमान गोपाली, २ मा बमबहादुर सिन्तान, ९ मा राजकुमार बलामी, ११ मा दिनेश बल र १२ मा हिरामान लामाको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

यसैगरी, वडा नम्बर ३ मा हिरेन्द्र रायमाझी, लक्ष्मण विष्ट, राजिव स्याङ्दान, वडा नम्बर ४ मा जमिन दियाली र नारायण बहादुर लामा, ५ नम्बरमा मुकेश गोले र मानसिं दोङ, ६ नम्बरमा दामोदर सुवेदी र इन्द्रबहादुर श्रेष्ठ, ७ नम्बरमा दिपक लामा र बिनायक गोले, ८ नम्बरमा सुमन कार्की र टिकाराम रुम्बा, १० नम्बरमा मङगलाल गोपाली र सुशिला गोपालीको नाम सिफारिस भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*