माओवादी केन्द्रबाट मनहरी ५ को वडाध्यक्षमा दिपेन्द्र अधिकारी सर्बसम्मत बनाउने निर्णय

तामसालिङ खबर
५ बैशाख २०७९, सोमबार ०९:१८

बैशाख, हेटौडा (मनहरी) – यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मनहरी गाउँपालिका वडा नम्बर ५ कमिटीले युवा नेता दिपेन्द्र अधिकारीलाई वडाअध्यक्षको उम्मेवार बनाउने निर्णय गरेको छ ।

वडा पार्टी कमिटीको विशेष बैठकले अधिकारीलाई वडाअध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत सहमति गरिएको हो । गाउँ कमिटी सचिवालय सदस्य र ५ नम्बर वडा इन्चार्ज समेत रहेका उनले आफुमाथी पार्टीले गरेको विश्वासलाई व्यर्थ जान नदिने बताउनु भयो ।

अहिलेको अबस्थामा गाउँ वडालाई स्वच्छ गतिबिधिलाई ताजा बनाई बिकास निर्माणमा भिजनमुखी युवाको अपरिहार्य रहेकोले वडाबासीहरुको हकहितको लागि वडामै बसेर काम गर्ने, स्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, एक घर एक धारो खानेपानीको व्यवस्था, रजैया दर्दरा राप्ती पक्का पुल निर्माणमा पहल गर्ने योजना सम्म बनाएका छन् ।

त्यस्तै, ५ वर्षको कार्यकालमा सीमान्तकृत र भूमिहीनको लागि व्यवस्थित बसोबासको व्यवस्था, ऐलानी जग्गाको लालपुर्जाको समस्या समाधान को पहल गरि गाउमै रोजगारीको अवसर सिर्जना गर्ने गरी समृद्ध वडा बनाउने काम गर्ने र नागरिकलाई निराश हुन नदिने लक्ष्य रहेको बताए ।

हाल नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका कमिटिको सचिवालय सदस्य तथा ५ नम्बर वडा इन्चार्जको रुपमा रहेको अधिकारीले २०६१ सालबाट गाउँकै श्री भोज सिद्ध माध्यमिक बिद्यालयको अनेरास्ववियु क्रान्तिकारी बिद्यार्थी संगठनबाट राजनैतिक यात्रा शुरु गरेका थिए ।

हाल उनि नेकपा माओबादी केन्द्र मनहरी गाउँ कमिटि सचिवालय सदस्य तथा ५ नम्बर वडा इन्चार्ज र वाईसिएल नेपाल बागमती प्रदेश कमिटी सदस्य एबम वाइसिएल नेपाल निर्वाचन क्षेत्र नं २ (ख) को इन्चार्जको रुपमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*