स्थानीय तह निर्वाचन : नेकपा एस राक्सिराङले टुंग्यायो, अध्यक्ष उपाध्यक्ष र वडाध्यक्षहरु

तामसालिङ खबर
४ बैशाख २०७९, आईतवार १८:२७

बैशाख, हेटौडा (राक्सिराङ) – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राक्सिराङ गाउँपालिका कमिटीले यहि बैशाख ३० गते हुने स्थानीय तहको चुनाबको लागि पालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरुको नाम टुंग्याएको छ।

आइतबार भएको गाउँकमिटीको बैठकले गठबन्धन नभएको खण्डमा इन्चार्ज कृष्णबहादुर चेपाङलाई अध्यक्ष र उपाध्यक्षमा मिलनकुमारी तामाङलाई सिफारिस गरेको हो । त्यस्तै, गठबन्धन भएको खण्डमा पालिका उपाध्यक्षमा पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङको नाम अघि सारेको छ ।

गठबन्धनका दलहरु संग दाबी प्रस्तुत गर्दा अध्यक्ष, उपाध्यक्ष छाडेको खण्डमा वडा नम्बर ३, ४, ६,९ दाबी गर्ने र उपाध्यक्ष लिएको अवस्थामा २ वटा वडा दाबी गर्ने निर्णय भएको पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङले बताउनु भयो।

त्यस्तै, वडा नम्बर १ को अध्यक्षमा बाबुराम मोक्तान, वडा नम्बर २ मा नविन्द्र थिङ, ३ मा ज्ञानबहादुर स्याङ्तान, ४ मा किशोरकुमार ब्लोन, ५ मा जुनियल प्रजा, ६ मा कृष्णलाल तामाङ, ७ मा जंगलाल प्रजा, ८ मा सरोजकुमार प्रजा र ९ नम्बर वडामा अम्बरबहादुर थिङको नाम सर्बसम्मत सिफारिस गरेको छ ।

गाउँ पार्टी कमिटिको अध्यक्ष ज्ञानेन्द्र तामाङको सभाध्यक्षमा भएको बैठक प्रदेश कमिटी सदस्य गोबिन्दराम चेपाङको प्रमुख आतिथ्यतामा भएको थियो । बैठकमा पालिका इन्चार्ज कृष्णबहादुर चेपाङ, नेताहरु कृष्ण लाल मोक्तान, अमर बाल्पा लगायतको उपस्थिति रहेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*