हेटौंडाका समाजसेवी शर्मा माओवादीमा प्रवेश

तामसालिङ खबर
४ बैशाख २०७९, आईतवार ०९:४४

बैशाख, हेटौडा – वामपन्थी पृष्ठभूमिका सामाजिक व्यक्तित्वको रुपमा परिचित हेटौंडा उपमहानगरपालिका वडा नम्बर -९ निवासी जीवन शर्मा शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

निर्वाचनको सन्निकटमा शर्मा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नव प्रवेशी शर्मालाई नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला इन्चार्ज एवम् बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अवीर खादा लगाएर पार्टीमा स्वागत गरिएको माओवादी केन्द्रका नेता कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रममा नगर इन्चार्ज विवेक राई , अध्यक्ष तिर्थ थापा , वाइसीएल जिल्ला समन्वय समिति सदस्य अविरल गजुरेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*