गठबन्धनमा सम्मानजनक सहभागी नगराए एक्लै चुनावमा जान्छौं – चेपाङ

तामसालिङ खबर
४ बैशाख २०७९, आईतवार ०८:५५

बैशाख, हेटौडा (राक्सिराङ) – नेकपा (एकीकृत समाजबादी) राक्सिराङको सम्पर्क कार्यालय उदघाटन गरिएको छ। राक्सिराङ गाउँपालिका वडा नम्बर ५ पेङ्चेमा पार्टी कार्यालयको शनिबार राक्सिराङका ईन्चार्ज तथा जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर चेपाङले उदघाटन गरे ।

कार्यालयको उद्घाटन गर्दै चेपाङले आगामी स्थानीय तहको निर्वाचनमा सम्मान जनक रुपमा गठबन्धनमा सहभागी नगराए राक्सिराङमा आफ्नो पार्टी गठबन्धनबाट बाहिर बसेर निर्वाचनमा होमिने बताए ।

पार्टी नयाँ भएता पनि जनचाहना अनुसरण काम गर्ने भिजन प्रशस्त रहेकोले जनताको साथ पाउनेमा कुनै संका नरहेको बताए । पार्टिको राक्सिराङ ईन्चार्ज कृष्ण बहादुर चेपाङको प्रमुख आतिथ्यतामा तथा पार्टीका राक्सिराङ अध्यक्ष ज्ञानेन्द्र तामाङको सभाध्यक्षता भएको थियो ।

कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरु कृष्णलाल तामाङ, बिरेन्द्र डिसि, सागर प्रजा, मिलन कुमारी मोक्तान, मनहरी गाउँकमिटीका अध्यक्ष नारायण श्रेष्ठ, युबा नेता सगुन स्याङ्तान लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थित रहेकोे थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*