गठबन्धन सङघीय निर्वाचनसम्म हुन्छ – प्रचण्ड

तामसालिङ खबर
४ बैशाख २०७९, आईतवार ०५:५०

बैशाख, नवलपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् ।

नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन संघको निर्वाचनसम्म कायम रहने बताए ।

“गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तहदेखि संघको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ”, अध्यक्ष प्रचण्डले भने।

आउने चुनाव माओवादीका लागि चुनावमात्रै नभएर ‘ब्याटल’ (लडाइँ) भएको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने, “आउने चुनाव, हाम्रा लागि चुनाव हैन, ब्याटल हो, लडाइँ हो ।”

आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता भएकोसमेत उनले बताए । “आउने चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता छ, अहिले माओवादीले हार्‍यो भने संविधान, गणतन्त्रले हार्छ, महिला, दलित, जनजाति, थारू, आदिवासी, मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ, सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकारले हार्छ”, अध्यक्ष प्रचण्डले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*