भरतपुरमा कांग्रेसका नेता-कार्यकर्ताले दिए सामूहिक राजीनामा

तामसालिङ खबर
३ बैशाख २०७९, शनिबार १७:४९

बैशाख, चितवन – चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसका नेता कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।

भरतपुर महानगरपालिका-१७ बेलुवामा शनिबार कार्यक्रम गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा दिने ५० जना रहेको भरतपुर कांग्रेसले जनाएको छ ।

स्थानीय प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी राजीनामा गरेका छन् । स्वतन्त्र अभियानका लागि भन्दै राजीनामा घोषणा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*