माओवादी केन्द्रबाट किस्पाङको उप-प्रमुखमा उषा वाइबाको दाबी, उनि भन्छिन – कृषि क्रान्ति मेरो मुख्य योजना हो

तामसालिङ खबर
३ बैशाख २०७९, शनिबार १०:२१

बैशाख, नुवाकोट – स्थानीय तहको निर्वाचन मिति तोकिए संगै नुवाकोटको सातै स्थानिय तहमा चुनाबी माहोल तातिएको छ । यसै क्रममा किस्पाङ गाउँपालिकाको उप-प्रमुखमा उषा वाइबाको आकांक्षी देखिएको छ ।

नेकपा माओवादी केन्द्र किस्पाङ-काठमाण्डौ सम्पर्क मन्चको महिला इन्चार्ज र जिल्ला समन्वय समितिको सचिबालय सदस्य रहेका उषा वाइबा सानै उमेरदेखि राजनीतिक क्षेत्रमा होमिएका थिए।

त्रिभुवन बिश्व बिद्यालयबाट रसाइन बिज्ञानमा र राजनीति शास्त्रमा स्नातकोत्तर गरिसकेकी विश्वबिद्यालयमा नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) सदस्यबाट प्रारम्भ गरि महिला विभागको सहजकर्ताको भुमिका खेली त्रिभुवन विश्वबिद्यालयमा भएका महत्वपुर्ण आन्दोलनहरु २०७४ सालमा भएको शिक्षा आन्दोलनमा समेत शसक्त्त भुमिका खेलेको थियो ।

त्यस्तै, २०७४ सालमा भएको २१ औ महाधिबेसनमा स्वयम सेबकको जिम्मेवारी निभाएको वाइबा २०७८ साल असोज (१४-१६) भएको २२ औ महाधिवेशनमा प्रतिनिधि भएको थियो । उनी पछिल्लो समयमा भुगोल राजनितिमा जोडीएर किस्पाङ-काठमाण्डौ सम्पर्क मन्चको महिला इन्चार्ज र जिल्ला सम्पर्क समितिको सचिबालय सदस्य हुँदै ८ औ राष्ट्रिय महाधिवेशनमा प्रदेश प्रतिनिधि समेत भएको थियो।

विद्यार्थी संगठनका साथै भुगोल राजनितिमा सक्रिय भएर लागेकी उषा हाल नेपाल तामाङ घेदुङको ९ औ संघीय महाधिवेशनबाट संघीय सदस्यमा निर्बाचित भइ जिल्ला इन्चार्ज भएको छ । अध्ययनका साथ-साथै छोटाे समयमा आफ्नो छुट्टै राजनितिक छवि बनाउन सफल उषाले आफू किसानको परिवारमा हुर्किए र किसानको हरेक तिता मिठा अनुभव भएको बताएको छ।

उच्च शिक्षाको लागि उत्तर अमेरिकामा जाने योजनामा रहेको उषा जनता र आफुले आस्था राखेको पार्टीले समर्थन गरेको अबस्थामा प्रतिनिधि पात्रको रुपमा कृषिक्रान्ति गर्ने प्रतिबद्धता ब्यक्त गरेकि छिन।

कृषि पेशा र पशुपालनको लागि प्रबल सम्भावना भएको र फलफुलखेती किबि, एभोगाडाे र उत्तरी हिमाली भेगको गोङ्गा भन्ज्याङ र सिङ्ला आसपासको एरियामा स्याउ खेतिको प्रबल सम्भाबना भएको कुरा ब्यक्त गर्दै उहाले एजेन्डाहरु सहित उपप्रमुखको दाबेदार भएको जानकारी गराएको छ ।

उप-प्रमुखको दाबेदार वाइबाको यस्तो छ, ५ बर्षे प्रमुख कार्ययोजना
१.कृषि उत्पादनको लागि किस्पाङ नुवाकोटको बेलकोटपछि दोस्रो सम्भाबना बोकेको ठाउ भएकोले किस्पाङमा सदाबहार बगिरहने सप्ताङ खोला,भाल्चेको छल्गुङ खोला, काहुलेको किस्पाङ मुल भएर बग्ने घट्टेखोला जस्ता मुख्य खोलाहरुलाइ सिचाइको रुपमा कृषी प्रबिधिको प्रयोग गरि खाद्यान्न फलफुल र तर्कारी जस्ता नगदेबाली उत्पादन गरि किस्पाङ बासिको जिबिकोपार्जन गरि समृद्ध किस्पाङ बनाउने अभियानलाई सार्थकता बनाउन।

२.किस्पाङ गाउपालिकामा रहेका समुन्द्री सतह बाट ३८०० मि. को दुरिमा रहेका सिङ्ला र फिकुरी जस्ता विभिन्न तिर्थस्थलहरु जहाबाट गनेश हिमाल, लाङटाङ, दोर्जे लाक्पा, गोसाइँकुण्डजस्ता मनोरम दृश्य देखिनुको साथै ७ भन्दा बढी प्रजातिका धुप र पाचऔले, चुत्रो, अम्ला, असुरो,सर्बगन्धा लगायत विभिन्न जडिबुटी पाउने भएकाले ती जडिबुटीलाई प्रसोधन गर्ने र पर्यटन क्षेत्र बिस्तार गर्ने।

३.युबा दलित,किशान, बुद्धिजिबि, शिक्षक, अपाङ्ग, कर्मचारी र गरिब जनताको पक्षमा सतिसालझै उभिने।

४.युबा नेतृत्वको अपनत्व दिन।

५.नेतृत्वबाट बन्चित गराएका महिलाहरुमा सामाजिक, आर्थिक, समुन्नत बिकाशका मुद्दा बोकेर जनतासामु हिड्न महिला नेतृत्वहरु आमा समूह, महिला समुह, युवती संगठनलाई प्रवाह गरि सरकारको मुलधारमा ल्याउने। र महिला हिंसा बिरुद्ध खबरदारी गर्न।

६.विद्यालय शिक्षाबाट बन्चित भएका विद्यार्थीहरुलाइ सदाबहार औपचारिक तथा अनौपचारिक शिक्षामा समेट्ने र गरिब जेहेन्दार विद्यार्थी शिक्षा प्राप्त गर्नबाट बन्चित नगराउने।

७. स्थानिय स्रोत र साधनको प्रयोग गर्नुको साथै बहुरास्ट्रिय कम्पनीका उत्पादनहरुमा न्युनिकरण गर्ने र स्वरोजगार तथा घरेलु सिपमुलक तालिम संचालन गर्ने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*