अनुमतिबिना अतिरिक्त सो चलाउने फिल्म हललाई कारबाही सिफारिस
बैशाख, काठमाडौं – चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीनवटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ ।
बिनाअनुमति तोकिएको समय बाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै शुक्रबार बोर्डले तीन हललाई कारबाहीका लागि सिफारिस गरेको हो। बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई सिफारिस गरेको हो ।
‘बिनाअनुमति मध्यरातमा अतिरिक्त सो चलाउने बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाहीका लागि सिफारिस गरिएको छ,’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने, ‘बोर्ड र प्रशासनबाट स्वीकृति नलिई ती फिल्म हलले मध्यरातमा अतिरिक्त दुई सो चलाएका थिए।’
बिग मुभिज, एफक्युज, बिएसआर मुभिजले मध्यरातमा दक्षिण भारतीय फिल्म ‘केजिएफ च्याप्टर-२ फिल्म चलाएका थिए । तीनवटा फिल्म हलले तोकिएभन्दा बढी शुल्क लिएर बिनाअनुमति राति १ बजे र ३ बजेको अतिरिक्त सो राखेका थिए । यो खबर आजको नागरिक दैनिकमा छ ।