सुकुम्बासी र अब्यवस्थीत बस्तीलाई ब्यवस्थापन गर्नेछु – डम्बर मोक्तान

तामसालिङ खबर
३० चैत्र २०७८, बुधबार १०:१८

चैत्र, हेटौडा (मनहरी) – आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मनहरी गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्षको लागि डम्बर बहादुर मोक्तानको आकांक्षी देखिएको छ ।

नेकपा माओवादी केन्द्र मनहरी ६ को वडा पार्टी कमिटिको अध्यक्ष समेत रहेका मोक्तानले कार्य कुशलता र सक्षमताको आधारमा जनताले आफुलाई रोजिरहेको बताए । अवको निर्वाचनबाट निर्वाचित भएमा जनताको भावना विपरीत एक इन्च पनि पछि नहटेर काम गर्ने बताए ।

त्यस्तै, ६ नम्बर वडामा चुनौतीको रुपमा रहेको सुकुम्बासी तथा अब्यवस्थीत बसोबासको समस्यालाई पहिलो प्राथमिकतामा राखेर ब्यवस्थापनमा जोड दिने बताए ।

गत स्थानिय तहमा हाम्रो पार्टी जितेको स्थानमा सुकुम्बासीहरुले लाल पु्र्जा पाइसके यहाँ यस बारे कुनै सुनुवाई भएन, त्यसैले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेर निकासा निकाल्ने छौ-उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*