तालमेलको मोडालिटी टुंग्याउँदै सत्ता गठबन्धन

तामसालिङ खबर
२९ चैत्र २०७८, मंगलवार ०८:३८

चैत्र, काठमाडौं – सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी आज टुंगो लगाउँदैछन् ।

आज अपरान्ह् ४ बजे बस्ने सत्ता गठबन्धनको उच्चस्तरीय बैठकबाट मोडालिटीको विषय टुंग्याइने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनमा आबद्ध नेताहरुले अपील गर्दै आएका छन् ।

यसअघि पनि गठबन्धनमा मोडालिटीबारे विभिन्न प्रस्तावमाथि छलफल हुँदै आएको छ । तर, नेताहरुबीच सहमति भने जुट्न सकिरहेको छैन । उक्त विषय टुंग्याउन आज बैठक बस्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*