नेकपा एमालेबाट मकवानपुरगढीको अध्यक्षमा विदुर हुमागाई सिफारिस

तामसालिङ खबर
२९ चैत्र २०७८, मंगलवार ०६:४९

चैत्र, हेटौंडा (मकवानपुर गढी) – नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा विदुर हुमागाईलाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीको बैठकले विदुर हुमागाईलाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भई विदुर हुमागाईले अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको छ । यस्तै उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*