प्रतिगमनकारी गठबन्धनलाई निर्वाचनमा जनताले सबक सिकाउनेछ – केन्द्रिय सदस्य बिडारी

तामसालिङ खबर
२८ चैत्र २०७८, सोमबार १६:५६

चैत्र, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको केन्द्रिय सदस्य रामनारायण बिडारीले प्रतिगमनकारीहरुको गठबन्धनलाई स्थानिय तहको निर्वाचनमा जनताले सबक सिकाउने बताएका छन । मनहरी गाउँ कमिटिको सम्पर्क कार्यालय रजैयामा उद्घाटन गर्दै केन्द्रिय सदस्य बिडारीले उक्त कुरा बताएको हो ।

दुई-दुई पटक प्रतिनिधि सभाको बिघठन गरेर देश र जनतालाई धोका दिएको भन्दै केन्द्रिय सदस्य बिडारीले अबको स्थानिय तहको निर्वाचनमा हिसाब किताब जनताले गर्ने समय आएको बताए ।

त्यस्तै, स्थानिय तहका नेतृत्वकर्ताहरुले गठबन्धनको आवश्यकता महशुस भएको खण्डमा गठबन्धन गर्दा राम्रो हुने उहाँले बताउनु भयो । जहाँ अहज हुन्छ, त्यहा गठबन्धन हुन्छ, गठबन्धन भनेको अहिले सरकारमा विभिन्न दल मिलेर सरकार बनेको छ, हाम्रो पार्टीको सक्रियतामा ।

एमाले झन् भित्रभित्रै गठबन्धनमा छ । उसको गठबन्धन प्रतिक्रियाबादी संग छ । हाम्रो गठबन्धन लोकतन्त्रबादी र प्रगतिशीलबादी बीच हुन्छ । हामी प्रगतिशील लोकतान्त्रिक गठबन्धनमा छौ । उनले भने। यो गठबन्धन बिस्तृत शान्ति सम्झौता, संबिधान बनाउदा, जनयुद्ध छोडेर शान्ति प्रक्रियामा आउदा पनि गरेको थियो ।

त्यसकारण प्रतिगामी गठबन्धन संग लोकतान्त्रिक प्रगतिशील गठबन्धनको यो पालिको चुनाव हुँदै छ । प्रतिगामी प्रतिक्रियाबादी गठबन्धन संग लड्न हाम्रो गठबन्धन तयार भएको बताउनु भयो ।

उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य रामनारायण बिडारीको प्रमुख आतिथ्यता तथा मनहरी गाउन्पालिकाको चुनावी कमाण्डर वीरबहादुर घलान (ज्वाला) को सभा अध्यक्षतामा भएको थियो ।

जेष्ठ कम्युनिष्ट मन्चका रामहरी सुबेदी, प्रदेश कमिटि सदस्य सिता पुलामी (रेखा), मनहरी गाउँपालिका ईन्चार्ज राजकुमार पाख्रिन, अध्यक्ष रामप्रसाद कालाखेती, सचिव सन्जिब पाठक, अनेमा संघ क्रान्तिकारी मनहरीका अध्यक्ष बिमला ग्लान, वाइसिएल निर्वाचन क्षेत्र २ (ख) का इन्चार्ज दिपेन्द्र अधिकारी लगायतका नेता कार्यकर्ताहरु बाक्लो सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*