टाइफाइडविरुद्धको खोप अभियान मकवानपुरको मनहरीबाट सुरु

तामसालिङ खबर
२५ चैत्र २०७८, शुक्रबार १८:००

चैत्र, हेटौडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु गरिएको छ । मकवानपुरको विभिन्न विद्यालयमा बालबालिकालाई टाइफाइड खोप लगाउन शुक्रबारबाट सुरु गरिएको हो ।

टाइफाइड विरुद्धको खोप अभियान मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुर स्थित भोजसिद्ध माविको प्रांगणबाट सुरु भएको हो । खोप अभियानको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरे सुरु गरेका थिए ।

जन्मिएको १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने उनले बताए । नेपालमा वर्षेनी ४ लाख ५० हजार बालबालिकामा टाइफाइड देखिने गरेको छ । अरु उमेर समूहभन्दा दश गुणाबढी बालबालिकालाई यो रोग सर्ने गरेको छ । हेटौंडाका बिद्यालयसहित ३ सय ३५ वटा खोप केन्द्र मार्फत् खोप लगाइने भएको छ ।

खोप विद्यालयबाट ८० प्रतिशत बालबालिकालाई लगाइने लक्ष्य लिइएको छ । बाँकी सामुदायिक स्वास्थ्य कार्यालयबाट लगाइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*