जनताको मर्म अनुरुप कर्म गर्नेछु – पुडासैनी

तामसालिङ खबर
२५ चैत्र २०७८, शुक्रबार ०८:१९

नमस्कार म अनिल पुडासैनी । म नेकपा एमाले मनहरी ३ को वडा कमिटी अध्यक्ष । यसपाली स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालीका वडा नं. ३ को वडाध्यक्षको लागि मैले आकांक्षा व्यक्त गरेको छु ।

मेरो उमेद्धवारी किन ?
चुनावी माहोल तातिएसँगै सबैले आ आफ्ना दुरदर्शिता , क्षमता र पार्टिगत योगदानका आधारमा उमेद्धवारी घोषणा गर्देै आएका छन् । त्यो भिँडमा म पनि समावेश हुनु कुनै नौलो कुरा भएन । जनप्रतिनीधीकै रुपमा मैले अनुभव र दक्षता हासील नगरेतापनि , आफ्नो क्षमता अनुसारको दावी गर्ने हैसियत पक्कै राख्दछु ।

वैदेशिक रोजगारीको एक दशक अनुभवले व्यवहारिकतामा म खारीएको युवा हुँ । परदेशको विकासक्रमले लोभिएर नेपालमै केहि गर्नुपर्छ भन्ने दृढ संकल्पका साथ केहि वर्ष पहिले गाउँ फर्किएको थिएँ । विगत केहि वर्ष यता विकास निर्माणको कार्यमा उपभोक्ता समितीमा रहेर पनि धेरै कामहरु गर्दै आएको छु ।

आजसम्म मैले जिम्मवारी लिएका कामहरु पनि इमान्दारीता र निष्ठापुर्वक सम्पन्न गरेको सम्पुणर् वडाबासीलाई अवगतनै छ । भौतिक विकासका निम्ती वडा , गाउँपालीका हुँदै प्रदेश मन्त्रालयसम्म दौडधुप गरी विभीन्न बाटो घाटो निर्माण कार्य मेरै नेतृत्वमा सम्पन्न भएको छ । मेरो मुल्याकंन मैले गरेका तिनै कार्यहरुको मजबुतीको आधारमा सम्पुणर् वडाबासीले गर्दै आएका छन् ।

उपभोक्ता समितीमा आवद्ध रहि रहँदा अब एउटा टोलको मात्र होइन सम्पुणर् ३ नं. वडाकै विकासको निम्ती म अघि बढ्नुपर्छ भन्ने हौसला मिल्यो । यस अघिका कुनै नेतृत्वलाई दोषारोपण नगरी ,मेरा आफ्नै योजनाहरुलाई जिवन्त दिनका लागि भएपनि, म आफुले दावी गरेको पदका लागि काविल छु भन्ने उर्जा मिलेको छ । पार्टिका अग्रजहरुलाई गर्नुपर्ने सम्मान , जनताको मनोभावना अनुसार गर्नुपर्ने कामलाई म निष्ठापुर्वक गर्ने प्रतिवद्धता आफैँसँग पनि गरेको छु ।

बा को सपना पुरा गर्न भएपनि एकपटक मैले अवशर पाउन जरुरी छ ।
पछिल्लो समय आफ्नै कर्मले परिचीत भइरहँदा म आफुलाई स्वर्गीय पिता अर्जुन पुडासैनीको सुपुत्रका रुपमा चिनाउन बढि रुचाउँछु । उहाँ नेकपा एमालेका एक सच्चा योद्धा हुनुन्थ्यो ।

सच्चा योद्धा यसकारण होइन कि उहाँ मेरो पिता हुनुहुन्थ्यो , उहाँ एक त्यागी पनि हुनुन्थ्यो । यस अघिको स्थनीय तहको निर्वाचनमा मनहरी ३ को वडाध्यक्षको आकांक्षी हुँदाहुँदै पनि उहाँले अर्का स्वर्गीय कमरेड मान बहादुर स्याङ्तानका लागि आफ्नो उमेद्धवारी फिर्ता लिनुभयो । बन समिती देखि समाजका विभीन्न तह तप्कामा रहेर उहाँ जनतासँग नजिक हुनुहुन्थ्यो ।

उहाँकै कारण पनि आज नेकपा एमाले सँगै विभीन्न पार्टिका नेता कार्यकर्ताअघि स्वच्छ छवी स्थापीत गर्न सक्षम छु । उहाँलेनै देखाएको सत्मार्गमा उभीएर पार्टिको सेवा गर्ने संकल्पका साथ नेकपा एमालेमा वडा कमिटिको नेतृत्व गरीरहेको छु । उहाँकै अधुरो सपना पुरा गर्न समाजसँग प्रत्यक्ष नजिक हुने व्यवसाय अँगालेको छु ।

पार्टिलाई घेराबन्दीबाट उकास्ने साहस छ ।
जनताको गौरवशाली पार्टि नेकपा एमाले यतीबेला चौतर्फी घेराबन्दीमा छ । यो अवश्थामा निर्वाचनमा उमेद्धवारीका निम्ती मात्र नभई पार्टिलाई मजवुत बनाउन सक्ने उमेद्धवारको पनि खाँचो छ । मनहरी ३ को सन्दर्भमा कुरा गर्दा मैले बुझे अनुसार सबै पार्टिको वर्चस्व बराबरी छ । यस अघि २०७४ सालको निर्वाचनमा पनि प्रतिपक्ष झिनो मतले मात्र पराजीत भएका थिए ।

यसकारण पार्टिले सबैको मनोभावना समेट्ने उमेद्धवार चयन गर्नुपर्दछ । देशभरमा युवालाई प्राथमिकताको चर्चा चलेसँगै जुझारु र स्वच्छ छवि भएको युवालाई उमेद्धवारका लागि अघि सार्नुपर्छ भन्ने लाग्दछ ।

निर्वाचित पश्चातका प्रतिवद्धताहरु
– वडाका सम्पूर्ण बाटा घाटा स्तरीकरण गर्ने
– शिक्षामा सबै बालबालीकाको पहुँच बढाउने
– सबै स्थानमा बिजुली पुर्याउने
– स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी निशुल्कको प्रयास गर्ने
– तटवन्धनको कामलाई तिब्रता दिने
– निरन्तर जनताको घरदैलोमा पुगी हरेकको मर्मअनुसार कर्म गर्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*