मनहरीमा टाइफाइड बिरुद्धको राष्ट्रिय खोप अभियान आजबाट शुरु हुँदै

तामसालिङ खबर
२४ चैत्र २०७८, बिहीबार १८:०३

चैत्र, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा टाइफाइड बिरुद्धको राष्ट्रिय खोप अभियान चैत्र २५ गते आजबाट देखि ३० गते सम्म संचालन हुने भएको छ ।

१५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप दिने गरि खोप अभियानको तयारी थालिएको जनाएको छ । बिहिवार मनहरीमा पत्रकार सम्मेलनको आयोजना गरि अभियानको तयारी पूरा भएको गाउँपालिकाले जनाएको छ ।

आज स्वास्थ्यमन्त्री बिरोध खतिवडाले मनहरी गाउँपालिका वडा नम्बर -५ मा रहेको भोजसिद्ध माबिको प्राङगणमा पुगी खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको    छ ।

५ दिन सम्म संचालन हुने अभियानबाट मनहरीका १४ हजार १ सय २४ जना बालबालिकालाई लाभान्वित हुने खोप अभियानका प्रबक्ता ज्योतिराज लुइँटेलले जानकारी दिए । प्रवक्ता लुइटेलका अनुसार मनहरीमा ६० वटा खोप केन्द्रबाट खोप लगाइले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*