बिप्लव माओवादी सहित विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा माओवादी केन्द्रमा प्रवेश

तामसालिङ खबर
२४ चैत्र २०७८, बिहीबार २०:३७

चैत्र, हेटौडा – नेकपा बिप्लप माओबादी निकट राष्ट्रिय जनसरोकार मञ्च मकवानपुरका अध्यक्ष, उपाध्यक्ष र महासचिव सहित जिल्ला कार्यसमिती र बिप्लव नेतृत्वकाे हेटौंडा २ वडा समितिका २ सय जना नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरमा समाहित भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी मकवानपुरको कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै माओवादी मकवानपुरकी ईन्चार्ज एबम् सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बिप्लव नेकपा, नेकपा एमाले र नेपाली काँग्रेसबाट समाहित भएका नेकपा माओवादी केन्द्रमा स्वागत गरेको हो ।

नेकपा विप्लवबाट उमेश गुनी र रामशरण कार्कीको नेतृत्वमा २ सयजना, जनता समाजवादी पार्टीबाट नवराज चौलागाईको नेतृत्वमा ५ जना नेपाली काँग्रेसबाट ७ जना र नेकपा एमालेबाट ५ जना माओवादी केन्द्रमा प्रबेश गरेका छन् । विप्लव नेतृत्वकाे नेकपा हेटौंडा ४ र १० नं वडा समिति माओवादी केन्द्रमा समाहित भएको हो ।

नव प्रबेसी र घर फर्केकालाई स्वागत गर्दै सामाजिक विकास मन्त्री कुमारी मोक्तानले टुट फुट, गुट उपगुट सबै चलाएर हेरिएको र यस्ता क्रियाकलापले गन्तब्यमा नपुग्ने निश्कर्ष भएकोले अब सबैजना एक ढिक्का भएर पार्टी निर्माणमा लाग्नु पर्ने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*