एसियाकै पहिलो ‘कृषिकर्जा मेला’ नेपालमा

तामसालिङ खबर
१ चैत्र २०७८, मंगलवार १८:२७

चैत्र, काठमाडौँ – विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषिकर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो ।

यो मेलालाई आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरिएको सोमबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजनागरि जानकारी दिइयो ।

मेलाको मुख्य प्रायोजकको रुपमानबिल बैंक लिमिडेट र कृषिविकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्स एसोसिएसन, शिखर इन्सुरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन् । मेलाको रिसर्च पार्टनरको रुपमाथ्री एस फाउन्डेशन रहेको छ ।

सोही मितिमा र सोही स्थानमा सलोम ५औं राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी–२०७८ पनि आयोजना गरिएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले सो प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमै कृषिकर्जा मेलाको पनि आयोजना गरिएको र यो मेलाको थपआकर्षण हुने संघका अध्यक्ष खोजराज कटुवालले बताए ।

कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषिकर्जा मेलाको पनि आयोजना गरिएको उनले बताए । ‘कृषक र कृषिसँग जोडिएका मेला भ्रमण कर्तालाई एकै थलोमा सबै समस्याको समाधानहोस् भन्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो’ कटुवालले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*