राष्ट्रिय वाणिज्य बैंकमा २ लाखसम्मको रकम भुक्तानीका लागि अब चेक नचाहिने

तामसालिङ खबर
१३ माघ २०७८, बिहीबार ०६:४३

माघ, काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । यो सँगै बैंकका ग्राहकलाई दुई लाखसम्मको रकम भुक्तानीका लागि चेक आवश्यक नपर्ने भएको छ ।

बैंकका अनुसार यो सेवा यही माघ १० गतेदेखि सुरु भएको हो । बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले मोबाइलबाट बैंक काउन्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैंया सम्मको नगद भुक्तानी लिनसक्ने छन् ।

यो सेवा बैंकका सबै शाखा कार्यालयहरुको काउन्टरमा उपलब्ध भएको छ । यसअघि बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङको कार्य गर्न सक्ने गरी ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डेटा’ (यूएसएसडी) सेवा समेत सञ्चालनमा ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*