कोरोना अपडेट : मुलुकभर थप ४ हजार ९६१ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

तामसालिङ खबर
३ माघ २०७८, सोमबार ०६:३९

माघ, काठमाडौं – पछिल्लो एक साता यता नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १५ हजार १३१ जना नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थप तीन संक्रमितको मृत्यु भएको छ । मुलुकभर हाल २५ हजार ६८० जना संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*