राष्ट्रियसभा निर्वाचनः ८ मतदानस्थल र १४ मतदान केन्द्र

तामसालिङ खबर
१० पुष २०७८, शनिबार ०९:४१

पुष, काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त १९ पदका लागि आगामी माघ १२ गते हुने निर्वाचनका लागि ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा भएको तयारीबारे जानकारी गराएको हो ।

छलफलमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा स्थानीय तहमा १ हजार ४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २ हजा २५ मतदाता रहेको जानकारी दिए ।

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न पुस १० गतेसम्म निवेदन दिनुपर्ने कार्यक्रम रहेको, पुस २० गतेदेखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम रहेको र यसपछि निर्वाचन आचार संहिता लागू हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रधानमन्त्री देउवालाई जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*