पाण्डे सरकारको बागमती प्रदेशमा आज ५ मन्त्री थपिँदै

तामसालिङ खबर
९ पुष २०७८, शुक्रबार ११:५५

पुष, हेटौडा – बागमती प्रदेशमा आज मन्त्रीमण्डल बिस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।

उनले काँग्रेसबाट ३ जना फुल मन्त्री र दुई जना राज्यमन्त्री गरि ५ जना नियुक्त गर्ने कार्यक्रम रहेको बताइएको छ । बागमती प्रदेशका तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले तेस्रो पटक नै मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि मन्त्री नियुक्त हुने बुझिएको छ । बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मन्त्रीहरुको टुंगो लगाउनेछन् ।

यस अघि नै बाग्मतीमा १२ मन्त्रीहरु नियुक्त भइसकेका छन् । आज ५ मन्त्री थपिएसँगै बाग्मतीमा मन्त्रीमण्डलको संख्या १७ पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*