एमसीसीकै कारण गठबन्धन टुट्दैन – प्रचण्ड

तामसालिङ खबर
९ पुष २०७८, शुक्रबार ०६:४४

पुष, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् ।

उनले एमसीसी तत्काल पारित नहुने स्थितिमा पनि गठबन्धन नटुट्ने बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधार गर्नुपर्ने पक्षमा रहेको भन्दै प्रचण्डले यसले केही समय लिए पनि एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताए ।

‘अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ, अप्ठेरो नै पर्‍यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन’ उनले भने ।

प्रधानमन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा आफ्नो कुराकानी भएको तर माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति भएको प्रचण्डले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*