एमाले मकवानपुरको अधिवेशन पुस २३ र २४ गते हेटौंडामा हुने

तामसालिङ खबर
३ पुष २०७८, शनिबार ०७:४७

पुष, हेटौडा – नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । अधिवेशन तयारीका लागि यही पुस ७ गते हेटौंडामा जिल्ला कमिटी बैठक गरिने निर्णय भएको एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशनका लागि एक हजार सदस्य प्रतिनिधि हुने अनुमान गरिएको छ । मकवानपुरको प्रत्येक स्थानीय तहको वडा स्तरबाट अधिवेशन प्रतिनिधि छनौट गरिने भएको उहाँले बताउनुभयो । अधिवेशनका लागि प्रतिनिधि र पाटीका सदस्यहरुबाट मात्र संकलन गर्ने निर्णय भएको छ ।

सचिवालय बैठकले नेकपा माओवादी केन्द्रबाट एमलेमा प्रवेश गरेका कैलाश गाउँपालिकाका नरेन्द्र रिजाल, थाहा नगरपालिकाका नारायण बल र अर्का एकजनालाई जिल्ला कमिटी सदस्यमा राख्ने निर्णय गरेको यस्तै बलराम बललाई भने एमाले बागमती प्रदेश कमिटीको सदस्य पदमा सिफारिस गरिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*