राप्रपा महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

तामसालिङ खबर
१९ मंसिर २०७८, आईतवार ०७:५४

मंसिर, काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्ती कुमारी शाही निर्वाचित भएकी छन् । महिला तर्फको महामन्त्री पदमा नायिका समेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।

आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।

यस्तै , महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् । राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*