नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेदवारी

रासस
१७ मंसिर २०७८, शुक्रबार १६:४१

मंसिर, हेटौडा – नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदिश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौँ) हुनुहुन्छ ।

केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र सर्मथकमा कृष्ण बानियाँ हुनुहुन्छ । त्यस्तै अर्का सभापति पदका प्रत्यासी बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा हुनुहुन्छ । अर्का उम्मेदवार प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागाई र सर्मथकमा कुन्दनराज काफ्ले हुनुहुन्छ ।

उहाँहरुले छुट्टाछुट्टै प्यानल सहित उम्मेदवारी घोषणा गरेर निर्वाचान कार्यालय हेटौँडामा शुक्रबार उम्मेदवारी दर्ता गर्नुभएको हो । कांग्रेस बागमती प्रदेश समितिको सभापति र पदाधिकारी सहितको प्यानल बानियाँ शुक्रबार उम्मेदवारी घोषणा गरी मनोनयन दर्ता गराउनु जानुभएको थियो ।

बानियाँको प्यानलमा उपसभापति पदका लागि मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौँ), महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौँ) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), महेन्द्र थिङ र निरु खड्का (ललितपुर) उम्मेदवार हनुुहुन्छ । यस समेत ८३ सदस्य निर्वाचनमा भाग लिनुहुनेछ ।

यसैगरी सभापतिमा प्रत्यासी उम्मेदवार केसीको प्यानलमा उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहनबहादुर बस्नेत, महामन्त्री पदका लागि रामचन्द्र अर्याल (माइकल) र कञ्चनचन्द्र बादे लगायत हुनुहुन्छ । निर्वाचन अन्तर्गत यही मङ्सिर १८ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

प्रदेश प्रतिनिधिका रुपमा चुनिएर आएका करिब दुई हजार १०० मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उक्त अधिवेशनबाट प्रदेश सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री तीनसहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिने भएको छ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*